काठमाडौं- विराटनगर महानगरपालिकाको मतगणना जारी रहेको छ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहँदा विराटनगरमा नेपाली कांग्रसले अग्रता लिइरहेको छ।
कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १० हजार ३६३ सहित अग्रता बनाइरहेका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले ७ हजार ८८२ मतसहित पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।