काठमाडौं- काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ। नेकपा एमालेका उम्मेदवार अशोक कुमार ब्याञ्जु श्रेष्ठले अग्रता बनाइरहेका छन्।
उनले ५ हजार ७४८ मतसहित अग्रता बनाउँदा उनलाई स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतले पछ्याइरहेका छन्। बस्नेतले ३ हजार ७०७ मत पाएका छन्।
तेस्रो स्थानमा एकीकृत समाजवादी रहेको छ। समाजवादी उम्मेदवार दया सागर श्रेष्ठले १७३१ मत पाएका छन्।
उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता कायम गरेका छन्।
कांग्रेस उम्मेवार निराजन जंगमले ४८९२ मत पाएका छन् भने उनलाई एमाले उम्मेदवार लालतारा अधिकारीले पछ्याइरहेकी छन्। उनले ४ हजार ७४१ मत पाएकी छन्। तेस्रो स्थानमा राप्रपाकी दीपा श्रेष्ठ रहेकी छन् उनले १ हजार ५०५ मत पाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।