काठमाडौं– बर्दियाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। उक्त नगरमा मेयर र उपमेयर दुवैमा कांग्रेसले जित हात पारेको हो।
नगर प्रमुखमा मुक्तिनाथ यादव र उपप्रमुखमा सवित्रा गौतम निर्वाचित भएका हुन्। यादवले ७ हजार ९८९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमरबहादुर खड्काले ७ हजार ८११ मत पाए।
नगरप्रमुखका अर्का प्रत्यासी नेकपा माओवादी केन्द्रका गेहेन्द्र प्रसाद ढकालले ५ हजार १०, जनमत पार्टीका मंगरे गोडियाले ३ हजार ४७५, राप्रपाका सुजित राय श्रीवास्तवले १ हजार ५८३ र जसपाका सुधाकर मिश्रले १ हजार ४२४ मत पाएका छन्।
उपप्रमुखमा नेपाली कांग्रेसकी सावित्रा गौतम ८ हजार २०७ मत ल्याएर निर्वाचित भइन्। उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी टिका कुमारी समसेली मगरले ७ हजार ४६२ मत पाइन्।
माओवादी केन्द्रकी इन्दिरा सुवेदीले ३ हजार ९३९, जनमत पार्टीकी मिना यादवले २ हजार ९५३, जसपाकी सुमित्रा चौधरीले १ हजार ६९६ र राप्रपाकी रमा थापाले १ हजार ३६७ मत पाएको निर्वाचन आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।