काठमाडौं– वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ। हालसम्म ४०५ स्थानीय तहको अन्तिम परिणाम आएको छ।
६ महानगर, ११ उपमहानगरमा मतगणना चलिरहेको छ। जहाँ रोचक प्रतिस्पर्धामा चलिरहेका छ।
२०७४ सालको निर्वाचनमा जितेका केही पालिका दलहरुले बचाएका छन् भने केही गुमाउँदै नयाँमा जित हात पारेका छन्।
बुधबार बिहान ६ बजेसम्मको परिणाम अनुसार पहिलो दलको रुपमा नेपाली कांग्रेस देखिएको छ। कांग्रेसले १८४ पालिकामा प्रमुख र १७० पालिकामा उपप्रमुख जितेको छ।
दोस्रोमा नेकपा एमाले रहेको छ। एमालेले ११४ स्थानमा प्रमुख र ११६ पालिकामा उपप्रमुख जितेको छ।
तेस्रोमा नेकपा माओवादी केन्द्र रहेको छ। माओवादी केन्द्रले प्रमुखमा ८२ स्थानमा जित हात पारेको छ भने उपप्रमुखमा ८६ स्थानमा जित हात पारेको छ।
एकीकृत समाजवादीले प्रमुखमा ७, जनता समाजवादीले ५, राप्रपाले २ र अन्यले १२ स्थानमा जित हात पारेका छन् ।
अहिलेसम्म कांग्रेस ११२, एमाले ८४, माओवादी ४९, जसपा २९, लोसपा १२, राप्रपा ३ र अन्य दलले १९ स्थानमा अग्रता कायय गरिरहेका छन्।
त्यस्तै, ६ महानगरमा काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साह, पोखरामा नेकपा एकीकृतका धनराज आचार्य, भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल, विराटनगरमा नेपाली कांग्रेसका नागेश कोइराला, वीरगञ्जमा जसपाका राजेशमान सिंह र ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन अघि रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।