काठमाडौं– इलामको इलाम नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ।
मेयरमा नेपाली कांग्रेसका उम्मेदवार केदार थापा निर्वाचित भएका छन्। थापाले १३ हजार १६५ मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका धिरेनकुमार चेम्जोङले १० हजार ५८७ मत पाए। त्यस्तै, उपमेयरमा पनि नेपाली कांग्रेसकी विष्णुकुमारी लिम्बूले जित हात पारिन्।
उनले १३ हजार ५४२ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सितादेवि रिजालले १० हजार ८८ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।