धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्।
२३ हजार २२३ मत गन्दा हमालले १० हजार ८२५ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नृपबहादुर वडले ५ हजार १६६ मत पाएका छन्।
यस्तै, नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६२ मत पाएका छन्।
उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी क्षेत्रीले ४ हजार ६८८, एमालेकी कन्दकला रानाले ४ हजार २४६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार ४६२ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।