ललितपुर– ललितपुर महानगरपालिकामा २१ हजार ४२७ मत गणना भएको छ। पछिल्लो विवरण अनुसार मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले झण्डै १२ हजार मत पाएका छन्।
उनले ११ हजार ९२० मत ल्याउँदा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० मत ल्याएका छन्। यस्तै, राप्रपाका अष्ट महर्जनले ९९८ मत पाएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उपमेयरमा भने एमालेको अग्रता छ। एमालेकी मञ्जली शाक्यले ५ हजार ९८३ मत पाउँदा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ४ हजार ५६६ मत पाएका छन्। राप्रपाकी स्वर्निमा शाक्यले १ हजार ८३२ मत पाएकी छन्।
उमेदवार नभएको रुख चिन्हको उपमेयरमा ३ हजार २८० मत प्राप्त भएको छ। ललितपुरमा कांग्रेस–माओवादीको चुनावी तालमेल छ।
यसैबीच, ललितपुर माहानगरपालिकाको वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका रुपेन्द्रराज शाक्य १ हजार ३१८ मतसहित विजयी भएका छन् ।
ललितपुर माहानगरपालिकाको वडा नम्बर ७ को वडाध्यक्षमा पनि कांग्रेसकै कुलबहादुर महर्जन २ हजार १७० मतसहित विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।