धनगढी– डोटीको शिखर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएका छ। सो पालिकाको मेयरमा दीर्घ बलायर विजयी भएका हुन्। उनले ६ हजार ५६२ मत प्राप्त गरे।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम बलायरले ४ हजार ५९१ मत प्राप्त गरे। नेकपा एकीकृत समाजवादीका सागर भट्टले ३०२ मत र राप्रपाका गिरी रोकायाले ४२ मत मात्रै पाए।
उपमेयरमा नेपाली कांग्रेसकै सुनिता रावल जोरा ६ हजार ४२६ मत ल्याउँदै विजयी भइन्। उनकी प्रतिस्पर्धी नेकपा एमालेकी लक्ष्मीदेवी मल्लले ४ हजार ६४५ मत पाइन् भने नेकपा माओवादीका रमेशप्रसाद जोशीले ३६६ मत मात्रै पाए।
नगरका ११ ओटा वडाहरुमध्ये ७ वडामा कांग्रेस र ४ वडामा एमालेका उम्मेदवार विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।