काठमाडौं– काभ्रेको धुलिखेल नगरपालिकामा मतगणना रोकिएको छ। बदर मत गणना गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो। सर्वदलीय बैठक रोखर समाधान नहुने देखिएपछि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई पत्र लेखेर सोधेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले विवाद समाधानका लागि निर्वाचन आयोगलाई पत्र लेखेको सहायक निर्वाचन अधिकृत शेषराज दाहालले बताए।
मत गणना सुरु हुनुअघि दलहरू सहितको बैठकले एउटै पदमा उम्मेदवार नउठेको र उठेको पद दुवैमा छाप छ भने उम्मेदवार भएको पदमा त्यो संकेत सदर मान्ने सहमति गरेको थियो। सोहीअनुरुप वडा नम्बर ८ सम्मको मतगणना सकेर घोषणासमेत भएको थियो।
यसरी गरिएको गणना निर्देशिका विपरीत हुने भन्दै नेपाली कांग्रेसले सुरुदेखि नै विरोध गर्दै आएको थियो। तर, पछिल्लो परिणामअनुसार धेरै पछि परेपछि कांग्रेसले अदालत जाने बताएको छ।
धुलिखेल निर्वतमान मेयर अशोक ब्यञ्जु र नेपाली काग्रेसवाट विद्रोह गरेका स्वतन्त्र उम्मेदबार विदुरबहादुर बस्नेतका विचमा प्रतिस्पधा रहेको छ। मतगणना रोकिनु अघि ब्याञ्जुले ५७४८ र बस्नेतले ३७०७ मत पाएका छन्। त्यस्तै उपमेयर निराजन जंगमले ४९०२ र एमालेकी लालतारा अधिकारीले ४७४१ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।