काठमाडौं– मेलम्ची नगरपालिकाकाे प्रमुखमा नेपाली कांग्रेसले जित हात पारेको छ। नगरको प्रमुखमा कांग्रेसका आइतमान तमाङले नेकपा एमालेका बालकृष्ण देउजालाई पराजित गरेका हुन्।
कांग्रेसका तामाङले ११ हजार २५८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देउजाले ११ हजार १६५ मत ल्याए।
उपमेयरमा भने नेकपा एमालेकी उमा श्रेष्ठ विजयी बनिन्। उनले राप्रपाकी उम्मेदवार कुमारी तामाङलाई पराजित गरेकी हुन्। िवजयी श्रेष्ठले १० हजार १६४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाकी तामाङले ८ हजार ३६४ मत ल्याइन्।
मेलम्चीमा कांग्रेस र राप्रपाले तालमेल गरेकव थियो। त्यस्तै, एमाले एक्लै प्रतिस्पर्धामा रहँदा माओवादी र एकीकृत समाजवादी तालमेल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।