काठमाडौं– नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन तोड्दै सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
गठबन्धनबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवार नेपाली कांग्रेसका नृप भुजेललाई ४५ मतले हराउँदै एमालेकी पार्वती सुनुवार अध्यक्षमा निर्वाचित भइन्। पार्वतीले ३ हजार ४९१ मत ल्याउँदा कांग्रेसका भुजेलले ३ हजार ३७९ मत ल्याए। सुनुवार फिक्कल गाउँपालिकाको निवर्तमान उपाध्यक्ष समेत हुन्।
उपाध्यक्षमा पनि गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको छ। माओवादीबाट उपाध्यक्षमा उम्मेदवारी दिएका लोकेन्द्र कार्कीलाई पराजित गर्दै एमालेका राजु बराल विजयी भएका हुन्। बरालले ४ हजार २ सय ५६ मत ल्याउँदा कार्कीले ३ हजार ४ सय २६ मत ल्याए।
फिक्कल एमालेका नेता गणेश पहाडीको गाउँपालिका हो। अघिल्लो स्थानीय चुनावमा एमालेका धनबहादुर कार्की ३ हजार १ सय २६ मत ल्याएर अध्यक्षमा विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका मोहनबहादुर कार्कीले २ हजार ७ सय २७ र माओवादी केन्द्रका खंगबहादुर रजानले १ हजार १ सय ७९ मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।