काठमाडौं– विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन्।
४४ हजार ५ सय ६८ मत गणना हुँदा कोइरालाले १४ हजार ०६२ मत ल्याएर अग्रता कायमै रहेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर थापाले १० हजार ६१२ मत ल्याएर कोइरालालाई पछ्याइरहेका छन्।
दुई जना बीचको अन्तर ३ हजार ४४९ मतको रहेको छ।
त्यस्तै, उपमेयरमा एमालेकी शिल्पा कार्कीले १२ हजार २ सय ३२ मत सहित अग्रता कायम राखेकी छन्। उनलाई जसपाका अमरेन्द्र यादवले ७ हजार ४४० मत सहित कार्कीलाई पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।