काठमाडौं– ११ वटा उपमहानगरपालिकामा मतगणना जारी रहँदा नेकपा एमालेले दुईटामा मात्रै अग्रता लिएको छ।
गठबन्धनका उम्मेदवारविरुद्ध बाराको कलैया उपमहानगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा एमाले उम्मेदवार अगाडि छन्।
कलैयामा एमालेका विनोदप्रसाद साहले ८ हजार ८७१ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेश राय यादवले ५ हजार ५८२ मतसहित पछ्याइरहेका छन्।
त्यसैगरी दाङको तुलसीपुरको प्रारम्भिक मत गणनामा एमाले उम्मेदवार टिकाराम खड्काले झिनो अग्रता कायम गरेका छन्। १९४८ मत गन्दा उनले ८५० र गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरिले ८२६ मत प्राप्त गरेका छन्।
तुलसीपुरको उपमेयरमा एमालेकी स्यानी चौधरी ८७१ मतसहित अगाडि रहेकी छन्। त्यसैगरी गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका जोगबहादुर राणाले ६ सय १७ मत प्राप्त गरेका छन्।
जनकपुर उपमहानगरपालिका बाहेक अन्य उपमहानगरमा गठबन्धनकै उम्मेदवार अगाडि छन्। जनकपुरमा भने स्वतन्त्र उम्मेदवारले अग्रता कायम राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।