काठमाडौं– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नम्वर ७ को खुला सदस्यमा श्रीमान् र महिला सदस्यमा श्रीमतीले जित हाँसिल गरेका छन्।
संदिपकुमार उपाध्याय खुला सदस्यमा विजयी भए भने उनकी श्रीमती कमलादेवी उपाध्याय महिला सदस्यमा निर्वाचित भएकी छन्। श्रीमान् नेकपा एमाले र श्रीमती नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए।
एमालेका संदीप कुमार उपाध्याय ७५५ मत ल्याएर विजयी भए। नेपाली कांग्रेसकी कमला देवी उपाध्याय ७९२ मत ल्याएर विजयी भइन्। कमलाका प्रतिस्पर्धी एमालेकी कमला देवी बोकटी ७२३ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।