काठमाडौं– भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता बढाएकी छन्।
जारी मतगणनाको पछिल्लो परिणामअनुसार रेणु १ हजार ८५२ मतले अघि लागेका छन्। २८ हजार ६४ मतगणना सकिँदा रेणुले एमाले उम्मेदवार विजय सुवेदी सँगको मतान्तर फराकिलो पार्दै गएकी हुन्।
हाल दाहालले १० हजार ४४९ मत पाएकी छन् । एमालेका सुवेदीले ८ हजार ५९७ मत पाएका छन्।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत प्राप्त गरेका छन्। उनी नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उठेका थिए। अहिले वडा नम्बर–७ को गणना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।