काठमाडौं- सुदूरपश्चिमको बैतडीका १० मध्ये कांग्रेस र एमालेले चार चार पालिकामा जित निकालेका छन्। माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले एक एक वटामा जित हात पारेका छन्।
एमालेले दशरथ र दोगडाकेदार नगरपालिका तथा पञ्चेश्वर र सुर्नया गाउँपालिका जितेका छन्। कांग्रेसको भागमा पाटन र पुर्चौडी नगरपालिका तथा शिवनाथ र सिगास गाउँपालिका परेका छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले बैतडीका ६ स्थानीय तहमा जीत हात पारेको थियो। एमालेले तीन र माओवादी केन्द्रले एक स्थानीय तहमा जीत निकालेका थिए।
कांग्रेसले दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा शिवनाथ, सिगास र सुर्नया गाउँपालिका जितेको थियो। एमालेले डिलासैनी, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिका जितेको थियो। त्यस्तै, माओवादीले केन्द्रले पुचौडी नगरपालिका जितेको थियो।
यसपटक दशरथ नगरपालिकामा एमालेले कांग्रेसबाट खोसेको छ। त्यहाँ एमालेका पुष्करराज जोशी मेयर निर्वाचित भए। त्यस्तै पञ्चेश्वर गाउँपालिका अध्यक्षमा एमालेका गोरखबहादुर चन्द र सुर्नया गाउँपालिकामा अम्मबरबहादुर कुँवर विजयी भए। दोगडाकेदार गाउँपालिकामा पनि एमालेका चक्र बहादुर कार्की निर्वाचित भए।
कांग्रेसबाट पाटनमा गौरसिंह रावल, शिवनाथमा कर्ण सिंह साउद, सिगासमा हरिसिंह धामी र पुर्चौडीमा कांग्रेसका दीपकबहादुर बम विजयी भए।
मेलौली नगरपालिका यसपटक माओवादी केन्द्रले कांग्रेसबाट खोसेको छ। त्यहाँ माओवादी केन्द्रका भीमबहादुर चन्द अध्यक्ष निर्वाचित भएका छन्। उता, डीलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार रहेका सन्तोष प्रकाश जोशी निर्वाचित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।