पर्सा–पर्साको पर्सागढी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा गोकर्ण पाठक र उपमेयरमा पूजा चौधरी निर्वाचित भएका हुन्।
मेयरमा निर्वाचित पाठकले ६ हजार ६२४ मत ल्याएका छन् भने निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका लोकनारायण यादवले ३ हजार ७३३ मत ल्याए।
उपमेयरमा निर्वाचित चौधरीले ७ हजार ६१६ मत ल्याइन् भने नेपाली कांग्रेसकी अर्चना चौधरीले ३ हजार ४३० मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।