बारा–बाराको निजगढ नगरपालिका प्रमुखमा नेकपा एमाले विजयी भएको छ।
एमालेका सुरथ पुरी नौ हजार ४७५ मत ल्याई विजयी भएकाे निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी एवं निवर्तमान नगरप्रमुख नेपाली कांग्रेसका सुरेशकुमार खनालले आठ हजार ८२३ मत प्राप्त गरे।
त्यस्तै उपप्रमुखमा एमालेकै सोममाया थिङ आठ हजार ६५९ मतसहित निर्वाचित भइन्। उनका निकटतम प्रतिस्पर्धी रविराज दङ्गालले आठ हजार ५१८ मत मात्र प्राप्त गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।