काठमाडौं–काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका दीपककुमार रिसाल निर्वाचित भएका छन्। उनी ९ हजार ६९२ मतका साथ निर्वाचित भएका हुन्।
रिसालका निकटतम प्रतिद्वन्द्वी एमालेका उद्धव विष्टले ८ हजार ५ सय ४ मत प्राप्त गरे।
यस्तै, उपप्रमुखमा एमालेकी सान्नानी लामा निर्वाचित भएकी छन्। उनले ८ हजार ८०४ मत पाइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शान्ति नेपालले ८ हजार ६७१ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।