काठमाडौं- हेटौंडा उपमहानगरमा एकीकृत समाजवादीकी मिनाकुमारी लामाले अग्रता लिएकी छिन्।
एकीकृत समाजवादीसँग उछिनापाछिन गरिरहेको राप्रपा तेस्रो स्थानमा पुगेको छ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी लामाले १४ हजार २५४ मत पाएकी छन्। उनलाई एमालेका अन्नतप्रसाद पौडेलले १३ हजार २२८ मत ल्याएर पछ्याइरहेका छन्।
राप्रपाका दीपकबहादुर सिंहले १३ हजार ९० मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।