काठमाडौं- ललितपुर महानगरपालिकामा २०७४ सालको निर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर भएको थियो। अन्तिम समयमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले २०० मतान्तरले जित हात पारेका थिए। त्यतिबेला पनि उनका प्रतिश्पर्धी एमालेका हरिकृष्ण ब्यान्जनकार नै थिए।
यसपटक भने महर्जनले ब्यान्जनकारलाई सुरुदेखि नै पछाडि छाडेका छन्। हालसम्म गणना गरिएको मतमा महर्जन दोब्बरले अगाडि छन्। महर्जनले १५ हजार ३५८ मत पाउँदा एमालेका उम्मेदवार ब्यञ्जनकारले ७ हजार ९६१ मत पाएका छन्। महर्जनले ७ हजार ३९७ मतले अग्रता कायम गरेका छन्। उनलाई यसपटक माओवादी केन्द्रको साथ छ।
उपमेयरमा भने गठबन्धनका उम्मेदवार पछाडी परेका छन्। एमालेकी मञ्जली शाक्य बजाचार्यले ८ हजार ९४ मत पाएकी छन् भने माओवादी केन्द्रका बाबुराज मर्हजनले ५ हजार १६७ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।