काठमाडौं– दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ।
उपमहानगरको प्रमुखमा एमालेका नरुलाल चौधरी ३१ हजार ७२८ मतसहित विजयी भए। नरुलाल दोस्रो कार्यकालका लागि घोराहीको मेयरमा निर्वाचित भएका हुन्।
सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले २६ हजार ३६८ मत ल्याए।
२०७४ को स्थानीय तह निर्वाचनमा चौधरीले कांग्रेसका भुपबहादुर डाँगीलाई पराजित गर्दै मेयर जितेका थिए।
उपप्रमुखमा पनि एमालेकै हुमाकुमारी डीसी निर्वाचित भइन्। उनले ३० हजार ४०३ मत ल्याइन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुपबहादुर डाँगीले ३० हजार ३५४ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।