काठमाडौं– काभ्रेको नमोबुद्ध नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कुनसाङ लामा निर्वाचित भएका छन्।
उनले ११ हजार २११ मत प्राप्त गरे। नेकपा एमालेका राजन भुर्तेलले ५ हजार ८२२ मत प्राप्त गरे। यस्तै, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रत्नबहादुर लामा निर्वाचित भएका छन्। उनले ८ हजार १८७ मत प्राप्त गरे।
नेकपा एमालेकी सम्झना लामाले ६ हजार ५४३ मत प्राप्त गरिन्। यो नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।