काठमाडौं– नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरूङको पालिका रहेको लमजुङको क्व्होलासोथार गाउँपालिकामा नेकपा एमालेले ‘क्लीन स्वीप’ गरेको छ।
यो गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षदेखि वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा नेकपा एमाले मात्रै विजयी भएको छ।
अध्यक्षमा सूर्यप्रसाद गुरूङले ३ हजार ८५६ मत प्राप्त गरेर निर्वाचित भएका हुन्।
नेपाली कांग्रेसका टेकबहादुर गुरूङले २ हजार ४८९ मत प्राप्त गरे। त्यस्तै, उपाध्यक्षमा गमीमाया गुरूङले ३ हजार ९८९ मत प्राप्त गरेर निर्वाचित भएकी छन्।
नेपाली कांग्रेसका सिर्जना गुरूङले २ हजार ३४० मत प्राप्त गरिन्। ९ वटा वडा रहेको यस गाउँपालिकाका सबै वडामा एमाले प्यानलसहित निर्वाचित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।