काठमाडौं– ‘जाम भो माइली’, ‘घर कता हो बहिनीको’जस्ता चर्चित लोक गीतमार्फत स्रोता तथा दर्शकमाझ आफ्नो परिचय बनाएका गायक प्रकाश दुतराजले नयाँ गीत सार्वजनिक गरेका छन्।
प्रकाशले शान्ति श्री परियारसँगको सह गायनमा ‘मन भुल्छ’ बोलको गीत सार्वजनिक गरेका हुन्।
प्रकाशको नयाँ गीतको भिडियोलाई प्रयोगात्मक रुपमा प्रस्तुत गरिएको छ। यसअघि चर्चित रहेका आफ्ना गीतमा भएका पात्रहरूलाई यो गीतमा प्रस्तुत गरेका छन्।
गीतमा शब्द तथा संगीत प्रकाशकै रहेको छ। गीतमा प्रयोग भएको गजल भने प्रदीप रोदनले लेखेका छन्। मौसम हिमालीले निर्देशन गरेको गीतको भिडियोमा प्रकाशका पुराना गीतका पात्रहरु देखिएका छन्।
भिडियोमा प्रकाशसँगै विजय पुन, रोशनी कार्की, जुना सुन्दास, आयुश्मा कार्की, भूमिका गिरी, सुजल बम, गिता ढुंगाना लगायतका कलाकारको अभिनय रहेको छ। भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।