काठमाडौं– अभिनेता पुष्प खड्का र मोडल अञ्जना बराईलीको अभिनयमा ‘नबोल हेपेर’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा विष्णु क्षेत्री र सरु गौतमले स्वर दिएका छन्।
मिलन विष्टको शब्द, नविन रावलको संगीत रहेको गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन्। विकाशा प्रोडक्सनले भिडियोे निर्माण गरेको हो। भिडियोमा पण्डितकी छोरी र मूर्तिकारबीचको प्रेमलाई प्रस्तुत गरेका छन्।
राजीव समरको कोरियोग्राफी रहेको भिडियो रमाईलो खालको बनेको छ। सागर प्रधानको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।
बुधबार सार्वजनिक भिडियोले युट्यूबमा राम्रो भ्यूज बटुलेको छ। उमारन क्रियशन युट्यूबमार्फत सार्वजनिक भिडियोमा स्रोता दर्शकले रामो प्रतिक्रिया दिएको निर्माण पक्षले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।