काठमाडौं– सौगात मल्ल र सलोन बस्नेतको मुख्य अभिनय रहेको फिल्म ‘घनचक्कर’को प्रचारकेन्द्रित नेपाल भाषाको गीत सार्वजनिक भएको छ। भुपेन्द्र बज्राचार्यको शब्द तथा स्वरमा रहेको गीत सार्वजनिक भएको हो।
जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको यो फिल्म असार १० मा प्रदर्शनमा आउँदै छ। फिल्ममा सौगात र सलोन सँगै सरोज खनाल, कश्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मालगायतका कलाकारको अभिनय रहेको छ।
प्रेम र पैसाको खोजीमा हिँडेका दुई पात्रको कथालाई यो फिल्ममा देखाइएको छ।
फिल्मलाई सुसन प्रजापतिले खिचेका छन् भने मित्र गुरुङले सम्पादन गरेका छन्। फिल्ममा अर्जुन सिंहको कथा तथा काजी लिम्बुको पटकथा र संवाद रहेको छ।
हेर्नुहोस् गीतः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।