काठमाडौं– विश्वचर्चित गायक जस्टिन बिवरले आफूलाई अनुहारको पक्षघात (फेसियल प्यारालाइसिस) रोग लागेको बताएका छन्।
यो हप्ता उनको सांगितिक कार्यक्रम स्थगित भएसँगै यसको कारण आफू अस्वस्थ्य भएको बताउँदै उनले आफूलाई अनुहारको पक्षघात भएको सार्वजनिक गरेका छन्।
२८ वर्षीय गायकले सामाजिक सञ्जालमार्फत आफूलाई ‘रेमसे हन्ट सिन्ड्रोम’ भएको र हाल त्यसको उपचार गराइरहेको बताएका छन्।
उनले भनेका छन्, ‘तपाईंहरुले देखेजस्तै मेरो आँखा झिम्काउन सक्दिनँ, मेरो अनुहारमा एक पट्टि हास्न मिल्दैन। एक पट्टिको भाग पूर्ण रुपमा पक्षघात भएको छ।’
रेमसे हनट सिन्ड्रोम मानिसको अनुहारको फेसियल नर्भस्माथि हुने रोग हो। गायक बिवरले यो साता आगामी वर्षको फेब्रुअरीमा विश्व भ्रमणको रुपमा रहेको तीन कार्यक्रम स्थगित भएको बताएका थिए।
हाल उनले यसको कारण खुलाउँदै आफूलाई भएको पक्षघातबारे बताएका छन्। उनले भनेका छन, ‘यो सबै एउटा भाइरसले भएको छ, जसले मेरो कान र अनुहारको नशामाथि हमला गरेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।