काठमाडौं– युक्रेनको प्रतिनिधि सभाका सदस्यले रुसी संगीतलाई सार्वजनिक स्थल र सञ्चारमाध्यममा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका छन्।
यो प्रतिबन्ध १९९१ पछि बनेका वा प्रस्तुत गरिएका संगीतमाथि लाग्ने भएको छ।
सम्पूर्ण रुसी संगीतमाथि नभएर १९९१ पछिका रुसी नागरिकले निर्माण गरेका वा प्रस्तुत गरेको संगीतमाथि प्रतिबन्ध लगाउने पक्षमा युक्रेनका प्रतिनिधिसभा सदस्यहरुले मतदान गरेका हुन्।
रुसले युक्रेनमाथि गरेको युद्धको विपक्षमा रहेका संगीतकारहरुले भने आफ्नो गीतसंगीतमाथि प्रतिबन्ध हटाउन माग गर्न सक्नेछन्।
युक्रेनको सरकारले उनीहरुले निवेदन दिएर आफ्नो संगीतमाथिको प्रतिबन्ध फुकुवा गर्न सक्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।