काठमाडौं– पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या भएको २५ दिनछि उनको नयाँ गीत सार्वजनिक भएको छ। मुसेवालाको आधिकारिक युट्युब च्यानलमार्फत ‘एसवाइएल’ बोलको उक्त गित सार्वजनिक भएको छ।
गीतले आधा घण्टामा नै १० लाखभन्दा धेरै भ्युज् पाएको थियो। मुसेवालाको यो गीत पञ्जाब–हरियाणाको विवादित सतलुज यमुना लिंक नहरको मुद्दामा आधारित रहेको छ।
मुसेवालाको २९ मेमा गोली हानी हत्या गरिएको थियो। उनको हत्यापछि रेकर्ड भएका तर काम पूरा नभएका उनका गीतहरूलाई उनको टिमले परिवारलाई सुम्पिएको थियो। अन्नतः उनको मृत्युपछि नयाँ गीत पनि सार्वजनिक भएको छ।
मुसेवालाको यो गीत विवादित विषयमा आधारित छ। उक्त गीतमा मुसेवालाले एसवाइएल नहरको मुद्दा उठाएका छन्। उनले पञ्जाबसँग कसैलाई दिने पानी नभएको बताउँदै जेलमा भएका पञ्जाबका नागरिकहरुलाई रिहाई गर्नुपर्ने बताएका छन्।
मुसेवालाका अझैं केही गीतहरु सार्वजनिक हुन बाँकी नै छन्। रेकर्ड गरिएर राखिएका उनका अन्य गीतहरुलाई ६ महिनाको अन्तर राखेर रिलिज गरिने उनको टिमले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।