काठमाडौं– पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय रहेको फिल्म ‘कृष्ण लिला’को ‘ए मेरो हजुर’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार उक्त गीत सार्वजनिक गरिएको हो।
प्रेम भावले भरिएको उक्त गीतमा हिमाली भेगका दृश्यहरु कैद छन्। गीतमा पुष्प र श्रद्धाको प्रेम देखिन्छ।
गीतलाई डा. डिआर उपाध्यायले लेखेका छन्। रवि वड र सुनिता कार्कीको आवाज रहेको उक्त गीतको संगीत तथा एरेन्ज बबुल गिरीले गरेका छन्। गीतको कोरियोग्राफी माइकल चन्दको रहेको छ।
गीत समावेश फिल्म ‘कृष्ण लिला’ भदौ ३ गते कृष्ण अष्टमीको दिन प्रदर्शनमा आउँदै छ। फिल्मलाई दिपक ओलीले निर्देशन गरेका छन्।
फिल्मको कथा लक्ष्मण सुवेदीले लेखेका छ्न। अर्जुन जिसीले सम्पादन गरेको यो फिल्ममा पुष्प र श्रद्धासँगै बुछि तामाङ, रविन्द्र झा, आयुषा क्षेत्री, नविन रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ।
हेर्नुहोस गीतः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।