काठमाडौं– बलात्कार आरोपीलाई पक्षपोषण हुने गरि तिज गीत सार्वजनिक भएको छ।
गायक खेम भण्डारीले आफ्नै शब्द, संगीत र स्वरमा रहेको ‘नबालिका नानी’ बोलको तिज गीतमार्फत् बलात्कार आरोपीको पक्षपोषण गरेका हुन्।
गीतको पहिलो अन्तरा ‘सोझा केटा देख्यो कि त नभएको आरोप लायो, केटीको जात देखेपछि डराउँने दिन आयो, उ फस्यो झन्डै म फसेँ, एँ नाबालिका नानी हो हाम्रो लागि व्रत नबसे’ रहेको छ।
महिला यौन हिंसा र बलात्कारका घटना बढेको समयमा महिलाले झुटा अरोप लगाउँछन् भन्ने आसय गीतमा व्यक्त गरिएको छ।
सहमतिमा भएको कुरालाई पछि जबरजस्ती करणी भन्ने गरेको भन्दै करिब ६ मिनेटको गीतमा महिलाद्वेषि शब्द मात्र राखेका छन्।
त्यस्तै अर्को अन्तरामा भनिएको छ ‘राम्रो केटी देख्नै हुन्न नजिक नजिक सर्छौं, सहमतिमा भाको कुरा जबरजस्ती भन्छौं।’
भिडियोमा 'पुरुष हिंसा बन्द गर्' भन्ने प्ले कार्ड हातमा बोकेको दृष्य देखाएर न्याय समेत मागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।