काठमाडौं– गायिका स्मिता घिमिरेको निधन भएको छ। सोमबार राति ललितपुरको हरिसिद्धि क्यान्सर अस्पतालमा उनको निधन भएको हो।
घिमिरे पछिल्लो तीन वर्षदेखि बोनम्यारो क्यान्सरबाट ग्रस्त थिइन्। सोमबार उपचारकै क्रममा उनको निधन भएको हो।
‘ए भन्छन्’, ‘आँखाको नानी हौ’, ‘भाग्य भन्नु’जस्ता गीत गाएकी स्मिताले केही वर्षअघि ‘स्मि’ नामक एल्मब निकालेकी थिइन्।
विराटनगरमा जन्मिएर बाल्यकालबाटै गायन क्षेत्रमा लागेकी उनले ‘हराएको मुस्कान’ नामक उपन्यास पनि लेखेकी थिइन्।
स्मिता कांग्रेस नेता मातृका प्रसाद कोइरालाकी छोरी सविता अर्यालकी छोरीसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।