काठमाडौं– सांगीतिक ब्याण्ड १९८४ एडी र ब्याण्डका व्यवस्थापक सञ्जय श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ।
उनीहरुविरुद्ध पैसा लिएर कार्यक्रम नगरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो।
ब्याण्ड र ब्याण्डका व्यवस्थापक श्रेष्ठविरुद्ध बेलायतमा बस्ने नवीन गुरुङले इमेलमार्फत् जाहेरी दिएका हुन्। बेलायतमा कार्यक्रम गर्ने भन्दै समयमा कार्यक्रम नगरेको आरोपमा ब्याण्ड र ब्याण्डका व्यवस्थापक विरुद्धमा उजुरी गरिएको हो।
बेलायतको एचएबीअ मुभेन्ट लिमिटेडको तर्फबाट गुरुङले १९७४ एडी र ब्याण्डका व्यवस्थापक श्रेष्ठविरुद्ध ३ लाख मागदावी गर्दै उजुरी दिएका हुन्।
यसअघि पनि जिल्ला अदालत काठमाडौंमा ब्याण्डविरुद्ध पारिश्रमिक लिए कार्यक्रम नगरेको भन्दै मुद्दा परेको थियो। आयोजक एचएबीअ मुभेन्ट लिमिटेडले जिल्ला अदालत काठमाडौंमा सांगीतिक समूहले लण्डनमा २ घण्टासम्मको कार्यक्रम गर्न कलाकार व्यवस्थापन तथा प्रदर्शन ब्याण्डले गर्ने भन्दै सम्झौता भएको, तर सम्झौताअनुसार कार्यक्रम नभएको भन्दै मुद्दा परेको थियो। एचएबीअ मुभेन्टका अनुसार ब्याण्डले सम्झौता गरेअनुसारको रकम १५ लाखबाट १० लाख दिइसकेको पनि बताएको छ।
यता आफूमाथि लागिरहेको आरोप झुट्टो भएको ब्याण्डले सार्वजनिक रुपमा सूचना जारी गर्दै बताएको छ। गत साउन ३ मा ब्याण्डले विज्ञप्तिमार्फत् आफूहरुमाथि लागेको आरोप झुट्टो भएको बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।