• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार १८, २०८२ Wed, Jul 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
निर्वाचन मत परिणामको सन्देश
डा डिला संग्रौला  शनिबार, मंसिर २४, २०७९  २०:२७
1140x725

निर्वाचन आफैंमा एउटा लोकतान्त्रिक अभ्यास हो। याे जनताबाट कुन पार्टी अनुमोदित हुने, कुन दल ठूलो र सानो हुने मात्र होइन, कसका अजेन्डालाई जनताले मन पराएर मत प्रदान गरे भनेर मापन गर्ने कसी पनि हो। आगामी सरकारले जनताको अभिमतलाई कार्यान्वयन गर्न सक्छ कि सक्दैन र मनोभावनालाई कदर गर्छ कि गर्दैन भन्ने सन्देश पनि हो।

निर्वाचनको अवधिमा जनतालाई भगवान सरह ढोग्दै आशिर्वाद लिने तीव्र होडबाजी विभिन्न राजनीतिक दलका उम्मेदवारबीच हुने गर्दछ। निर्वाचित भइसकेपछि जनताको अपेक्षालाई सम्बोधन गर्ने अभिभावक पनि निर्वाचित सांसद नै हुने गर्दछन्। त्यसैले यो दुवैबीच नङ र मासुको सम्बन्ध बन्नु नै पर्दछ।

निर्वाचनको मत परिणामले आगामी सरकार निर्माण गर्ने कार्यदिशा प्रदान गरेको छ भने जनताको भावना विपरीत कार्य गरेमा फेरि ५ वर्षपछि जनताले नै दण्डित गर्छन् भन्ने सन्देश पनि प्रवाह गरेको छ। त्यसैले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन- २०७९ को मत परिणाम अंक गणितको खेल मात्र होइन, यसले केही सकारात्मक सन्देश पनि दिएको छ।

निर्वाचन परिणामबाट कुनै पनि दललाई स्पष्ट बहुमत प्राप्त भएको छैन। त्यसैले आगामी सरकार पनि गठबन्धनकै बन्ने पक्कापक्की जस्तै देखिन्छ। 

प्रतिनिधि सभा मत परिणामको सन्देश
प्रतिनिधि सभामा १२ राजनीतिक दलको प्रतिनिधित्व भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पहिलो पटक संसदीय यात्रामा प्रवेश गर्दैछन्। स्वतन्त्र रुपमा निर्वाचित प्रतिनिधि सभा सदस्य पाँच जना छन्। प्रत्यक्षमा न्यूनतम एक सिट र समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्ने दलको संख्या सात छ। निर्वाचन आयोगले सार्वजानिक गरेको अन्तिम मत परिणाम अनुसार, कांग्रेस प्रत्यक्षमा ५७ सिट र समानुपातिकमा ३२ सिट गरी ८९ सिटसहित पहिलो दल बनेको छ। उसले समानुपातिकतर्फ २५.७१ प्रतिशत मत प्राप्त गरेको छ ।

५ वर्ष अघिको निर्वाचनमा पहिलो दल बनेको एमाले प्रत्यक्षमा ४४ सिट र समानुपातिकमा ३४ सिट गरी ७८ सिटमा खुम्चिएको छ। उसले समानुपातिकमा २६.९५ प्रतिशत मत प्राप्त गरेको छ। ऊ दोस्रो ठूलो दल हो। माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी जम्मा ३२ सिट प्राप्त गरेको छ।  समानुपातिकमा उसले ११.१३ प्रतिशत मत प्राप्त गरेको छ। ऊ तेस्रो ठूलो दल बनेको छ।

रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरी जम्मा २० सिट प्राप्त गरेको छ।  समानुपातिकमा उसले १०.७० प्रतिशत मत प्राप्त गरेको छ। ऊ चौंथो ठूलो दल हो। राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ प्राप्त गरेको छ। समानुपातिकमा उसले ५.५८ प्रतिशत मत प्राप्त गरेको छ। ऊ पाँचौँ ठूलो दल बनेको छ।

जनता समाजवादी पार्टी (जसपा) ले प्रत्यक्षमा ७ र समानुपातिकमा ५ गरी जम्मा १२ सिट प्राप्त गरेको छ। उसले समानुपातिकमा ३.९९ प्रतिशत मत प्राप्त गरेको छ। जनमत पार्टीले प्रत्यक्षमा एक र समानुपातिकमा ५ गरी जम्मा ६ सिट प्राप्त गरेको छ। समानुपातिकतर्फ उसले ३.७४ प्रतिशत मत प्राप्त गरेको छ। ऊ सातौँ ठूलो दल हो।

यसरी नियाल्दा एमाले, कांग्रेस, माओवादी केन्द्रको समानुपातिक मत प्रतिशत अघिल्लो निर्वाचनको तुलनामा घटेको छ। पहिलो पटक निर्वाचनमा भाग लिएका रास्वपा लगायत अन्य दलले उल्लेख्य मत पाएका छन्।

यो मत परिणामले तीन ठूला दलका मुख्य तीन कमजोरीलाई उजागर गरेको देखिन्छ। मुख्यतः परम्परागत कार्यशैलीमा सुधार गर्न नसक्नु, जनताको आशा र अपेक्षालाई सम्बोधन गर्न नसक्नु र सरकारमा रहँदा छिटो छरितो डेलिभरी नदिनु नै मत घट्नुको कारण हो।

प्रदेश सभाको सन्देश
प्रदेश सभातर्फ कांग्रेस चार प्रदेश (बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश) मा ठूलो दल बनेको छ। त्यस्तै, एमाले तीन वटा प्रदेश (प्रदेश १, मधेस प्रदेश र लुम्बिनी प्रदेश) मा ठूलो दल बनेको छ।

प्रदेश १
९३ सिट रहेको प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी ४० सिट जितेर पहिलो दल बनेको छ। कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरी २९ सिट जितेर दोस्रो ठूलो भएको छ। माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ सहित १३ सिट जितेर तेस्रो ठूलो दल बनेको छ।

त्यस्तै, एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ सहित कुल ४ सिट जितेको छ। राप्रपाले प्रत्यक्षमा २ र समानुपातिकमा ४ गरी ६ सिट जितेको छ। जसपाले समानुपातिकमा १ सिट पाएको छ।

मधेस प्रदेश
१०७ सिट रहेको मधेस प्रदेशमा एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरी २३ सिट जितेर पहिलो दल बनेको छ। कांग्रेसले प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट जितेर दोस्रो ठूलो दल भएको छ। जसपाले प्रत्यक्षमा ९ र समानुपातिकमा ७ सिट गरी १६ सिट जितेर तेस्रो ठूलो दल भएको छ।

लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी कुल ९ सिट जितेको छ। जनमत पार्टीले प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी कुल १३ सिट जितेको छ। माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी जम्मा ८ सिट जितेको छ।

त्यस्तै, एकीकृत समाजवादीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी कुल ७ सिट जितेको छ। राप्रपा नेपाल, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ १/१ सिट प्राप्त गरेका छन्।

मधेस प्रदेशमा ६ जना स्वतन्त्र सांसद विजयी भएका छन्।

बागमती प्रदेश
११० सिट रहेको बागमती प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा २५ र समानुपातिकमा १२ गरी कुल ३७ सिट जितेर पहिलो दल बनेको छ। एमालेले प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट जितेर दोस्रो ठूलो दल बनेको छ। माओवादी केन्द्रले प्रत्यक्षमा १४ र समानुपातिकमा ७ गरी २१ सिट जितेर तेस्रो ठूलो दल बनेको छ। राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ६ गरी १३ सिट जितेर चौथो ठूलो दल बनेको छ।

बागमती प्रदेशमा नेमकिपाले प्रत्यक्षमा १ र समानुपातिकमा २ सिट प्राप्त गरेको छ। हाम्रो नेपाली पार्टीले प्रत्यक्षमा १ र समानुपातिकमा १ सिट प्राप्त गरेकाे छ।

गण्डकी प्रदेश
६० सिट रहेको गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ गरी कुल २७ सिट जितेर पहिलो दल बनेको छ। एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट गरी कुल २२ सिट जितेर दोस्रो ठूलो दल बनेको छ। माओवादीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी जम्मा ७ सिट जितेर तेस्रो दल बनेको छ। प्रत्यक्षतर्फ नेपाल समाजवादी पार्टीले १ सिट र स्वतन्त्रले १ सिटमा जितेका छन्। राप्रपाले समानुपातिकबाट २ सिट प्राप्त गरेको छ।

लुम्बिनी प्रदेश
८७ सिट रहेको लुम्बिनी प्रदेश सभामा एमालेले प्रत्यक्षमा १८ र समानुपातिकमा ११ गरी कुल २९ सिट जितेर पहिलो दल बनेको छ। कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १० सहित जम्मा २७ सिट जितेर दोस्रो ठूलो दल बनेको छ। माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ४ गरी कुल ९ सिट जितेको छ। ऊ तेस्रो ठूलाे दल बनेको छ।

जसपाले प्रत्यक्षमा २ र समानुपातिकमा १ सिट जितेको छ। नागरिक उन्मुक्ति पार्टी र राप्रपाले प्रत्यक्ष र समानुपातिकमा २–२ सिट जितेका छन्। लोसपाले प्रत्यक्षमा २ र समानुपातिकमा १ सिट जितेको छ। जनमत पार्टीले प्रत्यक्ष र समानुपातिकमा १–१ सिट जितेकाे छ। राष्ट्रिय जनमोर्चाले समानुपातिकमा १ सिट जितेको छ। त्यहाँ  ३ जना स्वतन्त्र सांसद निर्वाचित भएका छन्।

कर्णाली प्रदेश
४० सिट रहेको कर्णाली प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा ९ र समानुपातिकमा ५ सहित जम्मा १४ सिट जितेर पहिलो दल बनेको छ। माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ समेत १३ सिट प्राप्त गरी दोस्रो ठूलो दल बनेको छ। एमालेले प्रत्यक्षमा ५ र समानुपातिकमा ५ गरेर जम्मा १० सहित तेस्रो ठूलो दल बनेको छ। एकीकृत समाजवादी र राप्रपाले समानुपातिकतर्फ १–१ सिट प्राप्त गरेका छन्। १ जना स्वतन्त्र सांसदले पनि जितेका छन्।

सुदूरपश्चिम प्रदेश
५३ सिट रहेको सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १२ र समानुपातिकमा ७ गरी कुल १९ सिट जितेर पहिलो दल बनेको छ। माओवादी केन्द्रले प्रत्यक्षमा ८ र समानुपातिकमा ३ सहित कुल ११ सिट जितेर दोस्रो ठूलो दल बनेको छ।

एमालेले प्रत्यक्षमा ३ र समानुपातिकमा ५ गरी कुल ८ सिट जितेर तेस्रो दल बनेको छ। नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा ५ र समानुपातिकमा २ गरी कुल ७ सिट जितेको छ। एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी कुल ४ सिट जितेको छ। राप्रपाले समानुपातिकमा १ सिट जितेको छ। एक जना स्वतन्त्र सांसद पनि छन्।

सातै प्रदेशको मतपरिणामले अघिल्लो निर्वाचनको तुलनामा ठूला दलको समानुपातिक मत घटेको देखिन्छ। यसका केही कारण छन्। पाँच वर्षभित्र प्रदेश सरकार फेरबदल भयो, तर सरकारको कामबाट जनताले राहत पाउन सकेनन्। सुशासनको प्रत्याभूति दिन सकेनन्। प्रदेश १ ले प्रदेशको नामाकरण पनि गर्न सकेन। प्रदेश सरकारको औचित्यमाथि जनताले औंलो ठड्याए। प्रदेशमा बन्ने आगामी सरकारले  विगतका कमिकमजोरीलाई सुधार्दै जनताप्रति जिम्मेवार बन्नै पर्छ।

अन्त्यमा, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले ठूला राजनीतिक दल सच्चिनुपर्ने सन्देश दिएको छ। साथै, सुशासनको जगमा समृद्धिको यात्रा तय गरिनुपर्छ भन्ने सन्देश पनि प्रवाह गरेको छ।

निवर्तमान सांसद संग्रौला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्। 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  २०:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्