• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार ३, २०८२ Tue, Jun 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
युक्रेनी राष्ट्रपति जेलेन्स्कीको अमेरिका भ्रमणः बाइडेनसँग भेटवार्ता, संसदमा सम्बोधन
64x64
नेपाल लाइभ बुधबार, पुस ६, २०७९  १५:०५
1140x725

वासिङ्टन– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अमेरिकी समकक्षी जो बाइडेनसँग भेटवार्ता गर्ने भएका छन्। साथै उनले वासिङ्टनमा अमेरिकी काङ्ग्रेस (संसद्)लाई सम्बोधन गरी युक्रेन युद्ध र आगामी योजनाबारे सांसदहरूलाई जानकारी गराउने वासिङ्टन स्रोतले जनाएको छ। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धको हालसम्मको भयावह परिणामको समीक्षा गर्न र अर्को वर्षका लागि लक्ष्य तय गर्न आफ्ना उच्च सैन्य अधिकारीहरूलाई भेट्ने योजना बनाएकै दिन गोप्य रूपमा तय गरिएको यो भ्रमण हुन लागेको हो।

जेलेन्स्कीले बुधबार ट्विटरमा आफ्नो अमेरिका भ्रमणबारे पुष्टि गर्दै लेखेका छन्, “युक्रेनको लचकता र प्रतिरक्षा क्षमतालाई मजबुत बनाउन म अमेरिका जाँदैछु।”

ह्वाइट हाउसकी प्रवक्ता करिन जिन पियरेले जारी गरेको विज्ञप्तिमा पनि भ्रमणबारे उल्लेख गर्दै भनिएको छ, “यो भ्रमणले युक्रेनलाई जति सक्दो लामो समयसम्म सहयोग गर्ने अमेरिकाको दृढ प्रतिबद्धतालाई दर्शाउनेछ।’’

गत फेब्रुअरीमा रुसी सेनाले युक्रेनको कीभ र देशको अधिकांश भूभाग कब्जा गर्ने योजना बनाएपछि जेलेन्स्कीको युक्रेनबाहिरको यो पहिलो भ्रमण हुनेछ।

राष्ट्रपति जेलेन्स्कीको वासिङ्टन भ्रमण रूस–युक्रेन युद्धको ३०० औं दिनमा भएको छ। रूसी सेनालाई पश्चिमा मुलुकहरूद्वारा सहयोग गरिएको हतियार र समर्थनमा युक्रेनी सेनाले यस पहिले कब्जा गरिएको क्षेत्रबाट पछि हट्न बाध्य परिरहेको छ। युक्रेनले रूससँग थप असफलताहरूबाट बच्न सङ्घर्ष गरिरहेको छ।

जेलेन्स्कीको भ्रमणमा बाइडेनले करिब दुई अर्ब अमेरिकी डलर बराबरको नयाँ हतियार प्याकेजको घोषणा गर्नुहुनेछ, जसमा प्याट्रियट एयर डिफेन्स मिसाइल पनि समावेश छ।

प्याट्रियट क्षेप्यास्त्रलाई रूसको दण्डात्मक क्षेप्यास्त्र र उसको पूर्वाधारमा ड्रोन आक्रमण रोक्न कीभलाई मद्दत गर्न महत्वपूर्ण मानिएको छ।

Ncell 2
Ncell 2

त्यसपछि जेलेन्स्कीले अमेरिकी काङ्ग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीले ‘प्रजातन्त्रका लागि निकै विशेषरूपमा ध्यान केन्द्रित’ हुने बताएका छन्।  

डिसेम्बर ११ मा बाइडेन र जेलेन्स्कीबीच भएको फोन वार्ता, एक हप्ताअघि औपचारिक निमन्त्रणा र आइतबार भ्रमणको पुष्टि भएपछि भ्रमणको योजना गोप्यरूपमा तय गरिएको थियो।

जेलेन्स्कीको यात्रालाई लिएर सुरक्षा चिन्ता कायमै रहेको भन्दै अधिकारीहरूले अमेरिकी सञ्चारमाध्यमलाई अनुरोध गरेपछि भ्रमणको विस्तृत विवरण मङ्गलबार अपराह्न सार्वजनिक भएको थियो।

ह्वाइट हाउसको वार्तामा बाइडन र जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र सहयोगीहरूले प्रदान गर्ने हतियार र प्रशिक्षण, रूसमाथि प्रतिबन्ध र अन्य दबाब, र युक्रेनलाई आवश्यक पर्ने आर्थिक र मानवीय सहायताबारे छलफल गर्ने ह्वाइट हाउसका एकजना वरिष्ठ अधिकारीले बताएका छन्।

“उनीहरूले यस द्वन्द्वका हरेक पक्षबारे छलफल गर्नेछन्, जसमा युद्धभूमिको अवस्था र यसपछिका सम्भावित युद्धस्थलबारे पनि छलफल हुने कार्यक्रममा समावेश गरिएको छ,” उनले भने। यो भ्रमणले पुटिनलाई ह्वाइट हाउस, वासिङ्टन, स्वतन्त्र विश्व, युक्रेनलाई समर्थन गर्ने सबै राष्ट्रका तर्फबाट एकता र संकल्पको बलियो सन्देश दिन उनले बताए। 

तर यसमा पुटिनसँग वार्ताका लागि जेलेन्स्कीलाई दबाब दिइने वा नदिइने बिषयबारे केही समावेश गरिएको छैन। 

जेलेन्स्कीले युक्रेनको डोनेट्स्क ओब्लास्टस्थित बाख्मुतको अग्रपङ्तीको जोखिमपूर्ण भ्रमणपछि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्। बख्मुत क्षेत्रमा रूस र युुक्रेन दुवै पक्षले विगत दुई महिनादेखि लगातार गोलीबारी गरिरहेको र यसबाट दुवैतर्फ ठूलो क्षति भएको छ। 

कुनै समय अङ्गुर र नुनखानीका लागि चिनिने बाख्मुतको वरपर गोलाबारी बर्सिँदा शहर र यसको वरपरको ठूलो भागमा क्षति पुगेको छ। 

बाख्मुत भ्रमणमा जेलेन्स्कीले युक्रेनी लडाकुहरूलाई हौसला दिँदै भनेका थिए, “यहाँ (डोनबास)बाट तपाईं सम्पूर्ण युक्रेनको रक्षा गरिरहनुभएको छ।”

“यो युद्धपूर्वको सामान्य बाख्मुत मात्र होइन, यो अब युक्रेनी सेनाको किल्ला पनि हो,” युक्रेनका सैनिकहरूलाई सम्मान प्रदान गर्दै उनले भने। 

सैनिकहरूले जेलेन्स्कीलाई उनीहरूको हस्ताक्षर गरिएको युक्रेनी झण्डा दिँदै यसलाई बाइडेन र अमेरिकी काङ्ग्रेसमा प्रस्तुत गर्न आग्रह गरिएको थियो।

उनीहरूले आफुलाई भनेको कुरा सुनाउँदै जेलेन्स्कीले भन्, “हामीसँग कठिन परिस्थिति छ, शत्रु (रूस)ले आफ्नो सङ्ख्या बढाइरहेको छ। हाम्रा लडाकूहरू साहसी छन् तर हामीलाई थप हतियार चाहिएको छ।”
 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १५:०५
  • #युक्रेन
  • #अमेरिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निलो रिबन लगाएर संसद् छिरेका रास्वपा सांसदलाई निष्कासन गर्न कांग्रेसको माग
गरिब देखाउनुपर्‍यो भने कानमा बिडी राख्ने चरित्र निर्माण सृजनशीलताको कमी हो : दिनेश डिसी
रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभा स्थगित
सम्बन्धित सामग्री
चीनले आफ्ना नागरिकलाई भन्यो– जोर्डनको सिमाना हुँदै इजरायल छाड इरान र इजरायलबीच लडाइँ थप चर्किने सम्भावना भएको भन्दै चीनले जोर्डनको बाटो हुँदै फर्किन भनेको छ। मंगलबार, असार ३, २०८२
इरानमा रहेका भारतीय विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सार्दै भारत तेहरानस्थित भारतिय दुतावासले त्यहाँ रहेका भारतियहरुको सुरक्षाका निम्ती स्थानिय समुदायका नेताहरु र लोककल्याणकारी क्षेत्रमा काम गर्ने... मंगलबार, असार ३, २०८२
इजरायलमा आणविक आक्रमण गर्ने योजना रहेको भन्ने झुटो समाचारको पाकिस्तानद्वारा खण्डन उक्त नक्कली समाचारले पाकिस्तानले इरानमाथि कुनै आक्रमण भएमा बदलास्वरूप इजरायलमाथि आणविक आक्रमण गर्नेछ भनी एक वरिष्ठ इरानी जनरलको नामम... मंगलबार, असार ३, २०८२
ताजा समाचारसबै
निलो रिबन लगाएर संसद् छिरेका रास्वपा सांसदलाई निष्कासन गर्न कांग्रेसको माग मंगलबार, असार ३, २०८२
गरिब देखाउनुपर्‍यो भने कानमा बिडी राख्ने चरित्र निर्माण सृजनशीलताको कमी हो : दिनेश डिसी मंगलबार, असार ३, २०८२
रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभा स्थगित मंगलबार, असार ३, २०८२
दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ मंगलबार, असार ३, २०८२
सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच भेटवार्ता मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु सोमबार, असार २, २०८२
आरजुलाई सांसद सिंहले गाली बेइज्जती गरेको अडियो–भिडियो मगाउन अदालतको आदेश सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्