काठमाडौं– ‘तिम्रो मेरो साथी’को शिर्ष गीत रिलिज भएको छ। ‘झिलमिल झिलमिल’ बोलको टाइटल गीतमा फिल्मका दुई मुख्य पात्र पुष्प र साम्राज्ञीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।
निर्देशक रमेश एमके पौडेलको शब्द रहेको गीतमा योगेश काजी शाहकको संगीत तथा सुगम पोखरेल र मेलिना राईको स्वर सुन्न सकिन्छ। सार्वजनिक गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
सिनेमाको यसअघि सार्वजनिक टिजर, गीत तथा ट्रेलरले दर्शकबाट राम्रो साथ पाएकाले पनि यो गीतबाट निर्माण टिमले निककै अपेक्षा राखेको छ।
सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको सिनेमामा पुष्प, साम्राज्ञी र इमिलीसंगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारको अभिनय छ।
आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशकीय सिनेमा हो।
सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको सिनेमामा शिव ढकालको छायाँकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।
पुस २९ देखि देशव्यापी प्रदर्शनमा आउने सिनेमामा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ।
सिनेमाको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।