काठमाडौं– डाक्टर कपिल रिजालको डेब्यु निर्देशकिय सिनेमा ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ रिलिज भएको छ। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो।
गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन्। शिखर सन्तोषको संगीत, डाक्टर भोला रिजालको शब्द रचना रहेको सपन कुमार राई र मिना निरौलाको स्वर सुन्न सकिन्छ। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री थापासँगै अभिनेताद्धय जितु नेपाल र विजय बराल पनि फिचर्ड छन्।
अभिनेत्री रेखा थापाले सिनेमाको गीत रिलिज कार्यक्रममा बोल्दै लामो समयपछि गेस्ट रोलमा नै भए पनि पर्दामा फर्किन पाएकोमा खुशी व्यक्त गरिन्। पछिल्लो समय आफू अभिनयसँगै राजनीतिमा पनि सक्रिय भएकाले सिनेमामा फर्किन समय लागेको बताइन्। चाँडै आफू मुख्य अभिनेत्रीको रुपमा पर्दामा फर्किने तयारी भैरहेको उनको भनाइ छ।
बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको सिनेमामा जितु र विजयका अलवा साम्राज्ञी राज्यलक्ष्मी शाह, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ। सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भूमिकामा प्रस्तुत छिन्।
डाक्टर कपिल रिजालको प्रस्तुति निर्माण भएको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन छ। सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले मिलेर पटकथा र संवाद लेखेका हुन्। दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यू गर्दैछन् ।
सिनेमामा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ। सुदीप बरालको छायाँकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन्।
विजय बस्यालले पोस्टर डिजाइन गरेकको सिनेमाको पोष्ट प्रोडक्सनको सम्पूर्ण मुम्बईमा गरिएको हो।
https://youtu.be/vgaqOK1mILk
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।