काठमाडौं– आर्टमान्डुले नयाँ म्युजिकल फिल्म ‘चन्द्रमा’ सार्वजनिक गरेको छ। गत बिहीबार सार्वजनिक भएको गीतले युट्युवमार्फत् दर्शकहरू तानिरहेको छ।
‘तीनपाते’, ‘ के माया लाग्छ र?’, ‘घुमीघुमी’ जस्ता चर्चित गीत र भिडियोमार्फत् लोकप्रिय बनेका निर्देशक नवीन चौहानले आर्टमाण्डूको यट्युव च्यानलमार्फत् म्युजिकल फिल्म सार्वजनिक गरेका हुन्।
गीतमा सबिन कार्की (बिस्ट), मल्लिका महतका साथै सनाया लिम्बुले अभिनय गरेका छन्।
गीतमा फ़ेम्ड एसडी योगी र रेश्मा पुनले आवाज दिएका छन्। सुष्मा सिग्देलको शब्द रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन छ भने सुशान्त गौतमको संगीत सुन्न सकिन्छ।
फिल्ममा सुटिङका बीच घट्ने रमाइला घटनाका सन्दर्भहरू छन्। सुटिङ हेर्न आउने स्थानीय, केटाकेटीका रमाइला किस्सा कथामा प्रस्तुत गरिएको छ।
निर्देशक चौहानले यस म्युजिकल फिल्ममार्फत् चर्चित चाइनिज फिल्म निर्देशक झांग यी माओ र उनको फिल्म 'द रोड होम' लाई ट्रीब्युट दिएको बताएका छन्।
म्युजिकल फिल्म 'चन्द्रमा' मा योगेश दाहालको छायांकन, कृष्ण भण्डारीको सम्पादन एवम् रङ संयोजन छ।
https://youtu.be/sMaH5EXy1Ws?list=RDsMaH5EXy1Ws
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।