काठमाडौं– चलचित्र उद्योगमा नाम कमाएका कलाकर्मीहरूको सहकार्यमा आधुनिक गीतको अडियो र यसको भिडियो ‘माया बन्धन यो’ एकसाथ सार्वजनिक गरिएको छ। निर्माण टिमले ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत शनिबार सार्वजनिक गरेको हो।
यो गीतमा प्रताप दास र कविता श्रेष्ठको संयुक्त आवाज सुन्न सकिन्छ। बाबु प्रधानले गीतको अडियो एरेन्ज गरेका हुन्। राजेश कुमार श्रेष्ठको शब्दमा सजिएको गीतको म्युजिक एलिस कार्कीले तयार पारेका हुन्।

गीतको भिडियोमा चलचित्र अभिनेता पुष्प खड्कासँग सुमित्रा पौडेलले अभिनयमा अनस्क्रिन रोमान्स गरेकी छिन्। यसै गीतबाट मोडलिङमा डेब्यु गरेकी सुमित्राले यो गीत आफ्ना लागि ड्रिम प्रोजेक्ट रहेको प्रतिक्रिया दिइन्।
सार्वजनिक यो गीतको अडियो र भिडियो एक विशेष प्रेस मिट समारोहकाबीच वल्र्डवाइड प्रदर्शन गर्ने निर्माण टिमको तयारी थियो। तर, मुख्य अभिनेता पुष्प काठमाडौंबाहिर भएपछि प्रेस मिट कार्यक्रम अन्तिम समयमा आएर रोकिएको थियो।
गीतको भिडियो चितवनको चर्चित झरना जलभिरे लगायतका विभिन्न स्थानमा खिचिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।