मुम्बई- शाहरुख खानको फिल्म ‘पठान’को गति ‘बेशर्म रङ’माथि विवाद जारी छ। अहिले उक्त गीतको धुन पाकिस्तानी गीतबाट चोरिएको आरोप लागेको छ।
पाकिस्तानी सिंगर सज्जाद अलीले आफ्नो वर्षौं पुरानो गीत ‘अब हम बिछडे’ गाएर इन्स्टाग्राममा राखेपछि चोरीको आरोप लागेको हो।
सज्जादले नयाँ फिल्मका लागि गीत बनाउन खोज्दा पुरानो गीतको याद आएको बताउँदै ‘बेशर्म रङ’सँग मिल्दोजुल्दो गीत गाएका हुन्।
उनको गीत सुनेपछि कमेन्ट गर्नेहरुले शाहरुखमाथि चोरीको आरोप लगाएका हुन्। यसअघि उक्त गीतमा दीपिका पादुकोणको पहिरनमाथि प्रश्न उठाएर रिलिज हुन नदिने धम्की दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।