काठमाडौं- लोकप्रिय गायक स्वरुपराज आचार्यको स्वरमा आधुनिक गीत ‘म एक्लै छु’ सार्वजनिक भएको छ। जोसेफ शाही अफिसियल यट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो।
गीतको शब्द रचना र प्रस्तुति कुमार रेग्मीले गरेका हुन्। जोसेफ शाही ठकुरीको संगीत र पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको गीतमा किशोर थापाको ध्वनि सम्पादन रहेको छ।
भिडियोमा कलाकारद्वय जीवन भट्टराई र लक्ष्मी बर्देवाको साथमा गीतकार समेत रहेका कुमार रेग्मी, सागर दाहाल, टीका निरौला, शान्ता रेग्मी लगायतको अभिनय हेर्न सकिन्छ।
जीवनमा सबै कुरा पाएर पनि मन मिल्ने मान्छे नभेट्दा आफैंमा एक्लिएको तेस्रो लिङ्गी पात्रको कथा गीतमा समेटिएको छ। समाजले अस्तित्व स्वीकार नगर्दा र राज्यले नागरिक अधिकार प्रत्याभूत नगर्दा दोहोरो मारमा परेका आम तेस्रो लिङ्गी समुदायको यथार्थपरक कथा प्रस्तुत भएको छ भिडियोमा।
बुद्ध थापाको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको भिडियोको निर्देशन लक्ष्मी बर्देवा र जीवन भट्टराइले गरेका हुन्।
भिडियो हेर्नुहोस्ः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।