काठमाडौं– पोखरामा मंगलबार हुने साँगीतिक महोत्सवमा गायिका मेलिना राईले आफू सहभागी नहुने बताएकी छन्।
गत आइतबार पोखरामा भएको विमान दुर्घटनाबाट ७२ जनाको निधन भएका कारण आफूलाई महोत्सवमा सहभागी हुन इज्जत र भित्री आत्माले नदिएको उनले बताइन्।
फेसबुक स्टाटसमार्फत् मेलिनले आयोजकसँग माफी माग्दै कार्यक्रममा उपस्थित नहुने जानकारी दिएकी हुन्।
उनले कार्यक्रममा उपस्थिति रद्द गर्न पाउँदा दु:खी भएको उल्लेख गरेकी छन्।
‘पोखरामा भएको विमान दुर्घटनाका कारण पोखरामा दु:खद् घटना घटेपछि मलाई त्यो कार्यक्रम मनाउन साँच्चै गाह्रो भयो। मेरो इज्जत र भित्री आत्माले मलाई त्यसो गर्न दिएन। त्यसैले मैले कार्यक्रम छाड्ने निर्णय गरें। तपाईंहरू सबैसँग माफी माग्न चाहन्छु,’ उनले लेखेकी छन्।
उनले पोखरामा छिट्टै भेट्ने वाचा गर्दै दुर्घटनाका पीडिहरूलाई समवेदना पनि व्यक्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।