काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोज उपाध्यायलाई श्रद्धाञ्जली दिएका छन्।
उनले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मिनभवन, आलोकनगर पुगेर श्रद्धाञ्जली व्यक्त गरेका हुन्। उपाध्यायको शव सोमबार दिउँसो १ देखि ३ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो।
शनिबार शङ्खमूलस्थित एक रेष्टुरेन्टको छतबाट लडेर घाइते भएका उपाध्यायको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
उनको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उपाध्याय पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका कान्छा भइ हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।