तस्बिरहरू : निमेषजंग राई/नेपाल लाइभ। काठमाडौं– प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले लाओसविरुद्ध सहज जित निकालेको छ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसलाई २–० गोलअन्तरले हराएको हो। नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले एक/एक गोल गरे।
तामाङले खेलको ३१औं मिनेटमा नवीन लामाको कर्नरमा गोललाइनबाट हेडरमार्फत् गोल गरेका थिए भने श्रेष्ठले ५६ औं मिनेटमा ३५ यार्ड टाढाबाट गोल गरे।
कप्तान किरण चेम्जोङको लामो पासमा करिब ३० यार्डबाट बल नियन्त्रणमा लिँदै श्रेष्ठले उत्कृष्ट भली गोल गरे। जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ।

प्रतियोगितमा नेपाल, लाओस र भुटान सहभागी छन्। अब लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ भने नेपाले चैत १४ गते भुटानसँग खेल्नेछ।सिंगल राउ
ण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन्। प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउने बताइएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५०० अमेरिकी डलर र हरेक खेलको प्लेयर अफ द म्याच खोडीलाई २५० अमेरिकी डलर पुरस्कार दिइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।