काठमाडौं- २२औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ।
बुटवल देविनगरमा रहेको एन्फा टेक्निल सेन्टरमा शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा ९–८ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको हो।
उपाधिसँगै मनाङले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पाएको छ भने उपविजेता सुदूरपश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाएको छ।
निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेका थिए। त्यसपछि खेल ट्राइब्रेकरमा गएको हो। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी, गोलरक्षक, मध्यपङ्क्तिका खेलाडी, रक्षापङ्क्तिका खेलाडी र प्रशिक्षकले जनही ३० हजार रुपैयाँका दरले पुरस्कार पाएका छन्।
तिलोत्तमा गोल्डकपको उपाधि मनाङले पहिलो पटक जितेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।