काठमाडौं– भुटानविरुद्धको खेलमा नेपाली राष्ट्रिय टिमका स्टार फरवार्ड अञ्जन विष्ट घाइते भएका छन्।
दशरथ रंगशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत भुटानविरुद्धको खेलमा उनी घाइते भएका हुन्। खेलको ४६औं मिनेटमा भुटानी टिमका गोलकिपर छिरिङ डेन्डुपसँग ठोकिएर घाइते भएका हुन्।
1680010721.jpg)
घाइते भएपछि उनी बाहिरिएका छन्। मैदानमै केही बेरको प्राथमिक उपचारपछि उनलाई स्ट्रेचरमा बाहिर ल्याइएको छ। उनको स्थानमा दीपकराज सिंह ठकुरी मैदानमा प्रवेश गरेका छन्।
1680010722.jpg)
खेलको १९औं मिनेटमा भुटानका लागि तेन्जिन नोर्बुले गरेको गोलसँगै नेपाल खेलमा १–० ले पछाडि परेको छ। छेल्त्रिम नाम्गेलले १९औं मिनेटमा हानेको बल सनिश श्रेष्ठलाई लागेर कर्नरमा परिणत भएको थियो। सोही कर्नरमार्फत दावा छिरिङले प्रहार गरेको कर्नरमा ६ यार्ड बक्स अगाडि रहेका तेन्जिन नोर्बुले हेडरमार्फत् गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।