काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौं चरणअन्तर्गत आज (बिहीबार) २ वटा खेल हुँदैछन्। खेल च्यासल खेल मैदान र एन्फा कम्प्लेक्समा हुनेछ।
एन्फा कम्प्लेक्समा हुने खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुने। यो खेल दिउँसो २ बजे सुरु हुनेछ।
५ खेलबाट ५ अंक जोडेर ११औं स्थानमा रहेको मछिन्द्र आज दोस्रो जितको खोजीमा हुनेछ। बिहीबारको खेलमा हालै मछिन्द्रमा अनुबन्ध भएका भुटानी फरवार्ड चेन्चो ग्याल्सेनले खेल्ने सम्भावना छ।
हिमालयन शेर्पा पनि आज दोस्रो जितको खोजीमा हुनेछ। हिमालय ५ अंक जोडेर अंक तालिकाको १०औं स्थानमा छ।
च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मी र थ्री स्टारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ।
५ खेलबाट ८ अंक जोडेर सातौं स्थानमा रहेको आर्मी आज तेस्रो जितको खोजीमा हुनेछ। ७ अंक जोडेर आठौं स्थानमा रहेको थ्री स्टार पनि तेस्रो जितको खोजीमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।