काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजनअन्तर्गत आज (शुक्रबार) २ वटा खेल हुँदैछन्। एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ।
च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। छैटौं चरणको अन्तिम खेलअन्तर्गत रहेको मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ।
५ खेलबाट ११ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा रहेको मनाङ आज चौथो जितको खोजीमा हुनेछ। ४ अंक जोडेर १२औं स्थानमा रहेको फ्रेन्ड्स भने दोस्रो जितको खोजीमा हुनेछ।
एन्फा कम्प्लेक्समा हुने खेलामा एफसी खुमलटार र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ। लिगको सातौं चरणअन्तर्गत रहेका २ टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ।
६ खेलबाट ६ अंक जोडेर ११औं स्थानमा रहेको खुमलटार तेस्रो जितको खोजीमा हुनेछ। ६ खेलबाट १३ अंक जोडेर शीर्ष स्थानमा रहेको जावलाखेल भने पाँचौं जितको खोजीमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।