काठमाडौं- इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल र आर्सनल बराबरीमा रोकिएका छन्। लिगको शिर्ष स्थानमा रहेको आर्सनलले २-० को अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो।
खेलको आठौं मिनेटमा मार्टेनलीले गोल गर्दै अग्रता दिलाएका थिए। २८औं मिनेटमा ग्राबिलय जिससले गोल गर्दै गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।
पहिलो हाफको अन्त्यतिर ४२ मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को स्थितिमा ल्याएका थिए। दोस्रो हाफको ५४औं मिनेटमा लिभरपुलले पाएको पेनाल्टीमा भने सलाह गोल गर्न चुके।
खेलको अन्त्यतिर अलेजान्द्रो अर्नाल्डोले गोल गर्दै लिभरपुललाई २-२ को बराबरीमा ल्याएका थिए। बाँकी समय दुवैतर्फबाट गोल नभएपछि खेल बराबरीमा सकियो।
बराबरीमा रोकिएसँग आर्सनल अंक बाँड्न बाध्य भएको छ। शीर्ष स्थानको आर्सनलको ३० खेलबाट ७३ अंक छ भने १ खेल कम खेलेको म्यानचेस्टर सिटी ६७ अंकसहित दोस्रो स्थानमा छ।
आर्सनल बराबरीमा रोकिएसँगै सिटीलाई भने केही राहत भएको छ। योसँगै प्रिमियर लिगको उपाधि होड रोमान्चक मोडमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।